Logo

संक्रमित संख्या घटेसँगै हटाइयो जापानको अधिकांश स्थानमा आपतकाल



Spread the love

एजेन्सी । संक्रमित संख्या घटेसँगै जापानका अधिकांश स्थानमा आपतकाल हटाइएको छ । जापानका प्रधानमन्त्री सिञ्जो आबेले बिहीबार एक घोषणामार्फत मुलुकका ४७ प्रान्तमध्ये ३९ प्रान्तमा आपतकाल हटाइएको जानकारी दिएका छन् । यद्यपि, टोकियो, ओसाका र होक्काइडोमा आपतकाल जारी रहनेछ । किनकी ती क्षेत्रमा दैनिक नयाँ संक्रमितहरु थपिरहेका छन् ।

जापानमा हालसम्म १६ हजार ४९ जना कोरोना संक्रमित फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्