Logo

पुन: संक्रमण देखिन थालेपछि काठमाडौँमा कोरोना परीक्षण थालियो



Spread the love

१ जेठ, काठमाडौं । भारत र नेपालका विभिन्न भागबाट तरकारी र फलफुल आयात हुने काठमाडौँ महानगरपालिका वडा नम्बर १३, कालीमाटी तथा फलफुल थाेक बजार क्षेत्रमा कोरोना भाइरसको परीक्षणका लागि मानिसहरूकाे थ्राेट स्वाब सङ्कलन गरिएकाे छ ।

कालीमाटी क्षेत्रमा तरकारी तथा फलफूल ढुवानी, खरिद बिक्री तथा सफाइमा संलग्न मजदुर तथा किसानकाे स्वाब सङ्कलन गरिएकाे थियाे ।बिहीबार कालिमाटी तरकारी बजार क्षेत्रमा कोरोना परीक्षण गराउनेको ठूलो लाइन थियो। झन्डै ६ सय मजदुर तथा व्यवसायी लाइनमा थिए।

उपत्यकामा कोरोनाको संक्रमण पुनः देखिन थालेपछि तरकारी बजार क्षेत्रलाई उच्च जोखिम औंल्याइँदै परीक्षण सुरु गरिएको हो। यी सबैको परीक्षण गर्दा पहिलोको पिसिआर र दोस्रो र तेस्रो व्यक्तिको र्‍यापिड टेस्ट गरिने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्