Logo

क्वारेन्टाइनबाट एक युवती फरार



Spread the love

१ जेठ, काठमाडौँ । बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट आज एक युवती फरार भएकी छन्।

उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले बताए।

काममा रहेका प्रहरी शौच गर्न गएको मौका छोपी युवती फरार भएकी हुन्। विद्यालयमा ४३ शय्या रहेकामा अहिले त्यहाँ पाँच जना मात्र छन्। तीमध्ये चार पुरुष र एक महिला थिए। निज युवती पाँच दिनअघि मात्र बाँकेबाट आएकी हुन्।रासस

प्रतिक्रिया दिनुहोस्