Logo

नारायणी अस्पतालबाट फरार भएका अर्का संक्रमित मावलीबाट पक्राउ परे



Spread the love

१ जेठ, वीरगन्ज। बुधबार अपरान्ह वीरगन्जको नारायणी अस्पतालबाट भागेका दुवै कोरोना संक्रमित पक्राउ परेका छन्। आइसोलेसन वार्डको शौचालयबाट हाम फालेर भागेका दुई संक्रमितमध्ये एक बुधबार साझ पक्राउ पर्दा अर्का भने राति मावलीबाट पक्राउ परेका हुन्।

वीरगन्ज भागेका संक्रमित जाबेद मिया पर्सास्थित मावलीघरबाट बुधबार राति पक्राउ परेका छन् । उनलाई मावलीघरबाट नियन्त्रणमा लिई एम्बुलेन्समा राखेर बुधबार राति १२ बजे वीरगन्जको नारायणी अस्पतालमा ल्याएर राखिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

उनिसंगै भागेका अर्का संक्रमित पर्साबाट प्रहरीले बुधबार साँझ नै नियन्त्रणमा लिएर फेरि आइसोलेसन वार्डमा राखिसकेको छ।

प्रतिक्रिया दिनुहोस्