Logo

कोरोनाभाइरस कहिल्यै अन्त्य हुन नसक्ने भन्दै डब्ल्यूएचओले दियो चेतावनी



Spread the love

एजेन्सी । कोरोनाभाइरस कहिल्यै अन्त्य नहुन सक्ने भन्दै विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ । उसले खोपको विकास भएको अवस्थामा पनि भाइरस नियन्त्रण गर्न ठूलो प्रयास हुनुपर्ने जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका आपतकालीन निर्देशक माइकल रयानले जेनेभामा एक भर्चुअल कन्फरेन्सको क्रममा भविष्यमा पनि कोरोनाभाइरस उन्मुलन हुन नसक्ने अथवा हामीबीच रहिरहने सम्भावना व्यक्त गरेका छन् । उनले एचआईभीको उदाहरण दिँदै यो भाइरस पनि हालसम्म उन्मुलन हुन नसकेको बताए ।

विश्वभरि हाल करिब एकसय सम्भावित खोपको विकासबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्