Logo

२४ जना कोरोना संक्रमित थपिए, जम्मा संख्या २४३



Spread the love

३१ बैशाख, काठमाडाैँ – नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार बुधबार थप २४ जना कोरोनाका बिरामी फेला परेका हुन् ।

पछिल्लो समय कोरोना पुष्टि हुनेमा रूपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ तथा नवलपरासीका १ जना रहेका छन् ।

उनीहरू सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । अहिले पुष्टि भएका संक्रमितहरूमा २० जना पुरूष र ४ जना महिला रहेका छन् ।

पछिल्लो समय कोरोना पुष्टि भएकासँगै नेपालमा २४३ जनामा कोरोना पुष्टि भएको छ भने ३५ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा बुधबार मात्रै २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्