Logo

लिपुलेकको सीमा सुरक्षा गर्न सशस्त्र प्रहरी खटियो (हेर्नुहोस् तस्बिरहरू)



Spread the love
तस्बिर – सशस्त्र प्रहरी बल

३१ वैशाख, काठमाडौं । कालापानी क्षेत्रकाे सीमा सुरक्षााका लागि छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गरिएको छ । गत मंसिर महिनामा नेपाल सरकारले गरेको निर्णयअनुसार व्यास गाउँपालिका–१ छाङरुमा बाह्रै महिना सुरक्षाकर्मी बस्ने गरी बीओपी स्थापना गरिएको हो ।

नेपाली भूमि लिपुलेक हुँदै भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि अहिले विरोध भइरहेको छ। सीमारक्षाका लागि सरकारले त्यस क्षेत्रमा सशस्त्रको टोली पठाएको हो। नेपाली सेनाको एम–१६ हेलिकोप्टरमार्फत गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार ईन्द्रजित राई लगायतको टोली दार्चुला पुगेको थियो ।

बीओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी, छ महिनाका लागि पुग्ने खाद्यान्न, मेडिकल सामाग्री, हातहतियार र बन्दोबस्तीका आवश्यक सामानहरू दार्चुला सदरमुकाम खलङ्गाबाट हेलिकोप्टरमार्फत छाङरु पुर्याइएको छ । हेर्नुहोस् तस्बिरहरू:

तस्बिर – सशस्त्र प्रहरी बल

प्रतिक्रिया दिनुहोस्