Logo

सगरमाथाको चुचुरोमा पुग्ने बाटो बनाउन खटिदै चीन



Spread the love

३० बैशाख, एजेन्सी – चीनले सगरमाथाको चुचुरो पुग्ने नयाँ बाटो बनाउने तयारी थालेको छ । यसका लागि चीनले पर्वतारोहीको टोली समेत सगरमाथामा परिचालन गरिसकेको छ ।

सगरमाथा नेपाल र चीनको सिमाना पर्छ भने नेपाल तर्फको बाटो हुँदै सगरमाथाको चुचुरोमा पुग्न सकिन्छ ।

चीनले सगरमाथालाई चोमोलोङमा नामबाट पुकार्छ । केहीदिन चिनियाँ राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले ट्वीटर पेजमा शिखरको तस्बिर सहित सगरमाथा चीनमा पर्छ भनेर लेखेकोमा विवादास्पद भएपछि नेपाल र चीनको सिमाना पर्छ भन्दै सच्याएको थियो ।

चिनियाँ सञ्चार माध्यमहरूमा जनाए अनुसार चीनले सगरमाथाको उचाई मापन गर्ने र चुचुरोमा पुग्ने नयाँ बाटो समेत पत्ता लगाउनेछ ।

प्रतिक्रिया दिनुहोस्