Logo

नेविसंघले बुझाएको जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र



Spread the love

नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)ले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

नेविसंघको केन्द्रीय कमिटीको निर्देशन अनुसार नेविसंघ जिल्ला कमिटीले प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।

ललितपुरमा नेविसंघ जिल्ला अध्यक्ष अजय श्रेष्ठ, नेविसंघ पूर्व केन्द्रीय सदस्य अनिल खनाल, विद्यार्थी नेता ऋषि थापा मगर, तरुण नेता रोनील पौडेल, जिल्ला उपाध्यक्ष रवि खनाल, पाटन क्याम्पसका अध्यक्ष तारा शर्मा, विद्यार्थी नेता रूपक न्यौपाने, रूपक सिलवाल, लगायतले ज्ञापन पत्र बुझाएको जिल्ला अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्