Logo

अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसका कर्मचारीलाई मास्क अनिवार्य लगाउन निर्देशन



Spread the love

एजेन्सी। ह्वाइट हाउसले आफ्ना कर्मचारीलाई मास्क लगाउन निर्देशन दिएको छ । दुईजना सहयोगीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि ह्वाइट हाउसले सतर्कता अपनाउन निर्देशन दिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले व्हाइट हाउस कार्यालयले कर्मचारीलाई आ आफ्नो स्थानमा बसेर काम गरेको बाहेकको अवस्थामा अनिवार्यरुपमा मास्क लगाउनुपर्ने जनाएको छ । राष्ट्रपति ट्रम्पले उक्त नीति आवश्यक रहेको बताए।

यद्यपि, राष्ट्रपति पत्रकार सम्मेलनमा मास्क नलगाई पुगे तब उनलाई प्रश्न सोधियो । यसमा ट्रम्पले भने, ‘आदेश मेरो लागि होइन । मैले यो आदेश मान्न आवश्यक छैन किनभने म सबैसँग निकै टाढा बसिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस्