Logo

रुसमा पछिल्लो २४ घण्टामा भेटिए ११ हजार भन्दा बढी संक्रमित



Spread the love

एजेन्सी। मंगलबारदेखि देशभरी लकडाउन खुकुलो पारिने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जानकारी दिएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार रुसमा हालसम्म २ लाख २१ हजार ३ सय ४४ संक्रमित छन् भने मृतकको संख्या २ हजार ९ रहेको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ६ सय ५६ नयाँ संक्रमित भेटिएका छन् ।

संसारभरी कोरोनाभाइरसका ४२ लाख बढी संक्रमित पुगिसकेका छन् । हालसम्म १४ लाख संक्रमित निको भइसकेका छन् । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार २ लाख ८७ हजार बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्