Logo

सम्बन्धविच्छेद भइसकेकी बुहारीलाई फकाउन सासुद्वारा धर्ना



Spread the love

एजेन्सी । भारतको भोपालमा कोरोनाकै कारण एउटा टुटिसकेको सम्बन्ध फेरी जोडिएको छ । तीन वर्षअघि सम्बन्धविच्छेद भैईसकेको श्रीमान्–श्रीमतीबीच पुरानो गठबन्धन जागृत भएको छ । र यसको पहल सासुले गरेकी छिन् । भारतीय मिडियाअनुसार बिक्षिप्त भएका छोराको लागि बुहारी र उनका आमा–बुवालाई फकाउनका लागि सासुले उनको घरमा धर्नासमेत दिइन् ।

त्यसपछि बुहारीले आफ्नो सम्बन्धलाई पुनः अघि बढाएकी छिन् । यी दुईका सात वर्षकी एक छोरी पनि छिन् । यो निर्णयले सबैभन्दा धेरै खुसी उनीहरुकी छोरी नै भएकी छिन् ।

उनीहरुको सन् २०१७ फेब्रुअरीमा सम्बन्धविच्छेद भएको थियो । त्यतिबेला छोरी चार वर्षकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्