Logo

चिनियाँ सञ्चारमाध्यमले सच्यायो सगरमाथाबारे गरिएको ट्वीट



Spread the love

२८ वैशाख, काठमाडौँ । चिनियाँ सञ्‍चारमाध्यमले सगरमाथा चीनमा रहेको दाबी गरेकामा अहिले सच्याएको छ । यसअघि चीन सरकारको आधिकारिक टेलिभिजन चाइना ग्लोबलले ट्वीटर पेजमा सगरमाथाको चुचुरो माथि देखिएको विशेष किसिमको सुर्यको दृश्य भनी तस्बिर राख्दै विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको थियो।

उक्त पोस्टबारे सामाजिक सञ्जालमा तीव्र विरोध भएपछि आइतबार सिजिटिएनले सूचना सच्याएर सगरमाथा चीन–नेपालको सीमामा पर्ने भनी ट्वीट गरेको छ । “नेपाल-चीन सीमामा रहेको विश्‍वकै सर्वोच्च शिखर सगरमाथाका रुपमा चिनिएको चोमोलोङ्‌मा हिमालको आकाशमा १ मेको शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ ।”

प्रतिक्रिया दिनुहोस्