Logo

लिम्पियाधुरायताको सबै भूभाग नेपालकै हो, भारतले मान्‍नै पर्छ – परराष्ट्रमन्त्री ज्ञवाली



Spread the love

२८ बैशाख, काठमाडौं । भारतले नेपाली भूभागमा सडक बनाएर उद्घाटन गरेको विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदमा जानकारी दिएका छन् ।  लिम्पियाधुरास्थित काली नदीको मुहानयताको भूभाग नेपालकै रहेको ज्ञवालीले बताएका हुन् । आइतवारको प्रतिनिधिसभा बैठकमा सरकारको तर्फबाट संसदलाई जवाफ दिँदै ज्ञवालीले पटक पटकका सन्धि सम्झौताले लिम्पियाधुरायताको सबै भूभाग नेपालको भन्ने कुरा प्रष्टसँग बोलेको बताए।

परराष्ट्रमन्त्री ज्ञवालीले २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको बेलामा समेत अहिले नेपालको नक्शामा रहेको क्षेत्रलाई भारत र चीनबीच सो भूभागलाई प्रयोग गरेर व्यापारिक मार्त्ग बनाउने सहमति भएको उल्लेख गरेका छन् । त्यति बेलानै सरकारले कुतिनितिक नोट पठाउदै सो सम्झौताका बारेमा भारतलाई ध्यानाकर्षण गराएको बताए ।

नेपालको सीमा सुगौली सन्धिकै आधारमा तय भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले सो सन्धिकै आधारमा नै सीमा तय हुने र गर्नुपर्ने सरकारको धरान रहेको बताए । ‘नेपालले पटक पटक ध्यानाकर्षण गराउँदा गराउँदै भारतले नोभेम्बर २, २०१९ मा नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेको छ। यो कदम झनै बेठीक छ।’ उनले भने, ‘कालीयताको भूभाग नेपालकै हो, भारतले यसलाई मान्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्