Logo

सबैभन्दा बढी संक्रमित विश्वका शीर्ष १० देशमा ब्राजिल पनि समावेश



Spread the love

एजेन्सी। दक्षिण अमेरिकाको ‘कोरोना हटस्पट’ ब्राजिलमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या १० हजार ६२७ पुगेको छ । योसँगै संक्रमितको संख्या १ लाख ५५ हजार ९३९ पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार केही दिन यता १० हजार ६११ भन्दा बढी संक्रमित फेला परेका हुन् । सबैभन्दा बढी संक्रमित रहेका विश्वका शीर्ष १० देशमा ब्राजिल पनि समावेश छ । यद्द्बि , ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले भने भाइरसको चुनौतिलाई निरन्तर रुपमा खारेज गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्