Logo

रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि



Spread the love

२८ बैशाख, एजेन्सी – ब्राजिलियन यूएफसी फाइटर रोनाल्डो साैजालाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

शनिबार कोरोना परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको ‘ईएसपीएन’ले जनाएको छ ।

कोरोना पोजेटिभ देखिएसँगै रोनाल्डो यूएफसी–२४९ मा सहभागी हुन नपाउने भएका छन् । ४० वर्षिय रोनाल्डो फ्लोरिडास्थित युरिहा हलमा हुने प्रतियोगिताको तयारीमा जुटेका थिए ।

कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई प्रतियोगिताबाट बाहिर राखिएको छ ।

यूएफसीको मेडिकल टिमले जानकारी दिए अनुुसार रोनाल्डो सहित अन्य ३ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि होटल छोडेका छन् भने उनिहरू यूएफसीको निगरानिमा आइसोलेसनमा बस्नेछन् ।

प्रतिक्रिया दिनुहोस्