Logo

लिपुलेकमा खनिएको बाटो भारतमा नै पर्छः भारत



Spread the love

२८ बैशाख, काठमाडाैँ – लिपुलेकमा खनिएको बाटो भारतीय भूमिमै पर्ने भारतले दाबी गरेको छ । भारतका विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले मिडियामा देखिएका प्रश्नको उत्तर दिँदै सो बाटो भारतीय भूमिमै पर्ने बताएका हुन् ।

मे ८ तारिखमा भारतीय रक्षा मन्त्री राजनाथ सिंहले चीनको मानसरोवर जोड्ने बाटोको उद्घाटन गरेका थिए । सो बाटो नेपालको नेपालको कालापानी र लिपुलेक क्षेत्र हुँदै निर्माण भएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले सचिवस्तरीय वार्ता हुन सक्ने उल्लेख गरे पनि नेपालका तर्फबाट २ पटक भएका वार्ताका प्रस्तावप्रति भारतले बेवास्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्