Logo

कोरोना जितेपछि मुस्कुराउँदै बिदा भइन् सेती अस्पतालमा उपचाररत संक्रमित



Spread the love

२६ बैशाख, धनगढी – सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिला अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनले ३५ दिनपछि कोरोना विरूद्धको लडाइमा जीत हात पारेकी हुन् ।

धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीया महिलाको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि उनी शुक्रबार डिस्चार्ज भएको डाक्टर शेरबहादुर कमरले बताएका छन् ।

सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित सबैजना डिस्चार्ज भएका छन् भने आइसोलेन वार्ड पनि खाली भएको छ ।

चैत २२ गते ३४ वर्षका देवर अमृत शाहीबाट ती महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

३५ दिनपछि कोरोनबाट मुक्त हुँदा ती महिला मुस्कुराउँदै अस्पताल परिसरबाट बाहिरिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्