Logo

सबैले जग्गा किनबेच गर्न पाउने गरी पनाैति ७ ले सच्यायो निर्णय



Spread the love

२५ बैशाख, काभ्रे – नेवार समुदायले मात्रै जग्गा बेचबिखन गर्न पाउनुपर्ने निर्णयबाट पनाैति नगरपालिका वडा नम्बर ७ पछि सरेको छ ।

केही दिनअघि नेवारी समुदायका व्यक्तिले मात्रै जग्गा किनबेच गर्न पाउने गरी गरेको निर्णय बिहीबार नगरपालिकाले सच्याएको हो ।

वडाध्यक्ष रामचन्द्र नास्नानीले जानकारी दिए अनुसार वैशाख २३ गते सार्वजनिक गरेको निर्णयमा शब्द चयन अन्यथा हुन गएकोमा बैठक बसेर निर्णय सच्याइएको हो ।

गलत उद्देश्य राखेर निर्णय नलिएको र निर्णय गर्दा भएको शब्द चयनको त्रुटि परिमार्जन गरेको अध्यक्ष नास्नानीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्