Logo

नियन्त्रणमा आइसकेको कोरोनाभाइरस फेरी देखिन थाल्यो इरानमा



Spread the love

एजेन्सी । इरानले कोरोनाको संक्रमणलाई लगभग नियन्त्रण गरेको जस्तो देखिन्थ्यो तर फेरी अचानक १६ सय ८० नयाँ संक्रमित भेटिएका छन् । यो अप्रिल ११ पछि एकदिनमा भेटिएको संक्रमणको सबैभन्दा ठूलो संख्या हो । इरानमा संक्रमणको संख्या १ लाख नाघी सकेको छ ।

इरानका स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने, ‘हामीले देखिरहेका छौं कि पछिल्लो तीनचार दिनदेखि संक्रमणको मामला बढिरहेको छ । मुलुकमा अनावश्यक यात्राका कारण संक्रमित बढिरहेको जस्तो लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्