Logo

अहिले देखिएका उत्तर कोरियाका तानासाही नेता किम जोङ नक्कली कि सक्कली !



Spread the love

एजेन्सी। अहिले देखापरेका उत्तर कोरियाका तानासाही नेता किम जोङ जोङ उन सक्कली नै हुन् कि अर्कै कुनै व्यक्तिलाई उभ्याइएको हो भनी विभिन्न अडकलबाजी हुन थालेको छ ।

आफ्ना हजुरबुवाको जन्मजयन्तीमा समेत नदेखिएका किम गम्भीर बिरामी भएको र मुटुको शल्यक्रिया गरेपछि उठ्नै नसक्ने स्थितिमा रहेको भनी खबर बाहिरीएको थियो ।

शुक्रवार किमले एउटा कारखानाको भ्रमणमा गएको तस्वीर उत्तर कोरियाको सरकारी समाचार संस्थाले जारी गरेको थियो । तर, तस्वीरमा उनका केही शारीरिक अवयव सक्कली किमसँग मेल नखाने भनी सामाजिक सञ्जालमा विभिन्न पोस्टहरू देखिन थालेको छ । उनको अनुहार, कपाल, कान र दाँतको विश्लेषण गर्दा उनले आफ्नो खराब स्वास्थ्यको खबरलाई पूर्णविराम दिन आफू जस्तै देखिने व्यक्तिलाई उभ्याएका हुन् कि भनी अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्