Logo

पनौती नगरपालिकामा नेवार बाहेक अन्य जातिलाई घर बेच्न नपाउने



Spread the love
file photo

२४ वैशाख, काठमाडौँ । नेवार जाति बाहेक अन्य जातिलाई घर बेच्न नपाउने नीति काभ्रेको पनौती नगरपालिका वडा नम्बर ७ ले ल्याएको छ।

मंगलबार बसेको वडा समिति बैठकले सुचना जारी गर्दै धर्म, संस्कृति र पुरातात्विक सम्पदा जोगाउन नेवार जाति बाहेक अन्य जातिलाई घर बेचविखन गर्न वडा कार्यालयले सिफारिस नगर्ने उल्लेख गरेको हो ।

नेपालको संविधानले जातियताका आधारमा भेदभाव गर्न नपाउने र नागरिकले देशको कुनै पनि स्थानमा जग्गा विक्रीवितरण गर्न पाउने अधिकार भएकाले वडाको पत्र विवादित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्