Logo

कोरोनालाई परास्त गर्दै डिस्चार्ज भए छ जना



Spread the love

२४ बैशाख, विराटनगर – कोशी अस्पताल (कोभिड– १९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ३१ जनामध्ये छ जना घर फर्केका छन् । कोरोना संक्रमणपछि गत बैशाख ५ र ६ गते अस्पताल भर्ना भएका उनीहरु डिस्चार्ज भएका हुन् ।

उनीहरुसँगै संक्रमण पुष्टि भएका बाँकी ७ जनामा अझै पोजेटिभ देखिएपछि उनीहरुको अस्पतालमै राखेर उपचार भईरहेको छ । फिजिसियन डा.दिपक सिग्देलका अनुसार डिस्चार्ज भएकाहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ । उनीहरु भारतीय नागरिक भएका कारण विराटनगर रानीस्थित मदर्सामा राखेर अवस्था निगरानी गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्