Logo

कीर्तिपुर आसपासमा चितुवा देखिन थालेपछि स्थानीयहरु त्रासमा



Spread the love

२३ वैशाख, काठमाडौँ । कीर्तिपुर आसपासमा चितुवा देखिन थालेपछि स्थानीयहरु त्रासमा छन् । शुक्रबारबाट चोभार, बाहिरी सडक, पाँगा विश्वविद्यालय परिसर, ट्याङलाफाँट क्षेत्रका झाडीमा ४ वटा चितुवा देखिन थालेको हो।

चितुवा देखिन थालेपछि स्थानीयले काठमाडौं वन सब डिभिजन कार्यालयलाई खबर गरेका थिए । स्थानीयलाई आवतजावतमा सतर्कता अपनाउन सहायक वन अधिकृत हरिप्रसाद खरेलले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्