Logo

नेपालका ७ वर्षे बच्चालाई कोरोना संक्रमण



Spread the love

२१ बैशाख, काठमाडाैँ – नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । अाइतबार १० जना नयाँ कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ६९ पुगेको हो ।

आज संक्रमण पुष्टि भएका संक्रमितमध्ये ९ जना नेपालगञ्जका र एक जना पर्साका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ ।

आज संक्रमण पुष्टि भएकामध्ये १ जना ७ वर्षका बच्चा पनि रहेको मन्त्रालयले जानकारी दिएको छ । सबैभन्दा सानो उमेरको मान्छेमा नेपालमा पाइएको यो नै पहिलो कोरोना संक्रमण हो । यो भन्दा अघि सर्लाहीका १४ वर्षिय बालकमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्