Logo

वैशाख २५ गतेदेखि लकडाउनको मोडालिटी फेरिने, सीमामा थप कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन



Spread the love

२१ वैशाख, काठमाडौं । वैशाख २५ गतेपछि सरकारले लकडाउनको मोडालिटी फेर्ने तयारी गरिरहेको छ। जिल्लाहरुमा देखिएको जोखिमका आधारमा गाढा रातो, रातो, पहेँलो र हरियो गरी चारवटा सूचकमा बाँड्ने र त्यही आधारमा क्रमश: अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य जोखिमयुक्त जिल्ला छुट्ट्याउने स्रोतले जानकारी दिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको पालना र भारतसँगको सीमामा आवातजावत कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन्। अब भारतमा समस्यामा परेका नेपालीहरुलाई त्यहीँ रहेको नेपाली दूताबासले हेर्ने गरी परराष्ट्र मार्फत निर्देशन दिइने क्याबिनेटको निश्कर्ष रहेको स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई उच्च मनोबलका साथ काम गर्न पनि भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्