Logo

विश्व स्वास्थ्य संगठनले दियो वुहानलाई बधाई



Spread the love

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसलाई रोकथाम गर्न सफल भएकोमा चिनियाँ सहर वुहानलाई बधाई दिएको छ । शहरमा संक्रमणका गम्भीर बिरामी बाँकी नरहेको भन्दै डब्लुएचओको स्वास्थ्य कार्यक्रमकी प्रमुख प्राविधिक डा. मारिया भान कर्खोभले बधाई दिएकी हुन् ।

‘ऊहानमा कोही पनि गम्भीर संक्रमित बाँकी नरहेको समाचार निकै सुखद छ । सुरुवातमा उक्त सहर नै निकै पीडा भोग्नुपर्यो,’ उनले भनिन्, ‘निरन्तर प्रयासका लागि ऊहानका जनतालाई धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस्