Logo

सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले लेखेको कविताको चर्चा



Spread the love

१९ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा केपी शर्मा वलीले आज मजदुर दिवसको अवसरमा लेखेको एउटा कविता सामाजिक सञ्जालमा चर्चामा रहेको छ ।

प्रधानमन्त्री ओलीले लेखेको कविताले सामाजिक सञ्जालमा चर्चा पाएको छ । कविता कतिले रुचाएका छन् भने कतिले व्यंग्य गर्दै सामाजिक सञ्जालमा राखेका छन् । उनले ‘अब आँसु खसाउनु पर्दैन’ शीर्षकमा एउटा कविता आज दिउँसो राखेका थिए ।

यसअघि प्रधानमन्त्री ओलीले चन्द्रागिरिमा गएको बेला लेखेको कविताले पनि चर्चा पाएको थियो ।

यस्तो छ प्रधानमन्त्री ओलीले लेखेको कविता

अब आँसु खसाउनु पर्दैन

रगत बगाउनु पर्दैन

नेपाली मन अब फुट्दैन

राष्ट्रिय एकता टुट्दैन

शान्ति अब यहाँ मर्दैन

नेपाली मर्न पर्दैन

बढ्यो नेपाल अब बढ्यो अघि

विकासमा पछि पर्दैन

गणतन्त्र हो यो गणतन्त्र सार्वभौम जनताको जनतन्त्र

अब आँसु खसाल्नु पर्दैन


सामाजिक न्याय र समानता

अधिकारसम्पन्न जनता

मेची-काली, पहाड-तराई

निर्भय वातावरण सुरक्षित नारी

अब आधुनिकतामा बढ्यो नेपाल

गणतन्त्र हो यो गणतन्त्र

सार्वभौम जनताको जनतन्त्र

अब आँसु खसाउनु पर्दैन


फाटोका खेती कुहिन्छन्

स्वार्थी हिंसा तुहिन्छन्

अब चेलीका चुरा फुट्दैनन्

कोही टुहुरा पर्दैनन्

गणतन्त्र हो यो गणतन्त्र

शक्तिका स्रोत जनताको

जनतन्त्र हो यो जनतन्त्र

अब आँसु खसाउनु पर्दैन

रगत बगाउनु पर्दैन

प्रतिक्रिया दिनुहोस्