Logo

रूसका प्रधानमन्त्रीलाई कोरोना संक्रमण



Spread the love

१९ वैशाख, एजेन्सी – रूसमा तीव्र रूपमा फैलिइरहेको कोरोना भाइरूसले रूसका प्रधानानमन्त्रीलाई पनि भेटेको छ । बिहीबार रूसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई पनि कोरोना संक्रमणको पुष्टि भएको हो ।

रूसका प्रधानमन्त्रीले आफूलाई कोरोना संक्रमण भएको बारेका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि जानकारी गरेको बताइएको छ ।

रूसमा अहिलेसम्म १ लाख भन्दा धेरैमा कोरोना संक्रमणको पुष्टि भइसकेको छ भने १ हजार ७३ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

मिशुस्तिन गत जनवरीमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्