Logo

सीमामा रोकिएका नेपालीलाई ३४ दिनपछि नेपाल फर्काउँदै



Spread the love

१८ वैशाख, दार्चुला। भारतीय क्वारेन्टाइनमा ३४ दिन देखि बस्दै आएका एक हजार नेपाली खलंगा र दत्तु नाका भएर बिहिबार स्वदेश फर्किएका छन् । नेपालमा लकडाउन र सीमा नाका बन्द भएपछि भारतको पिथौरागढ जिल्लामा मजदुरी गरेर घर फर्किदै गरेका दार्चुला सहित १० जिल्लाका एक हजार ६१ नेपालीहरुलाई धारचुला र जौलजिबिको पाचँ वटा क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनमा बस्नुपर्ने समय सकिए पनि उनिहरुलाई नेपाल ल्याउने विषयमा बुधबारसम्म सहमति जुटेको थिएन । बुधबार बेलुकी नेपाल–भारत दुबै देशको सहमति पश्चात पिथौरागढ जिल्ला अधिकारीसंग समन्वय गरेर उनिहरुलाइ आज नेपाल ल्याइएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवँरले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्