Logo

फेसबुकमा प्रचण्डलाई गालि गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य दीपक पक्राउ



Spread the love

१८ वैशाख, काठमाडौं । साइबर अपराधको आरोप रेडियो नेपालका बोर्ड सदस्य दीपक पाठक पक्राउ परेका छन् । उनलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जालबाट गाली गलौज गरेको आरोपमा पक्राउ गरिएको हो ।

प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले पूर्व प्रधानमन्त्री दाहाललाई सार्वजनिक गालीगलौज गरेको आरोपमा पक्राउ गरिएको बताए। पाठकले २२ चैतदेखि नै निरन्तर दाहालविरुद्ध समाजिक संजालमा लेख्दै आएका थिए। उनीविरुद्ध बैंकिङ कसुर र अख्तियार दुरूपयोगमा समेत सीआईबी र अख्तियारले अनुसन्धान गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्