Logo

इरफान खानलाई नरेन्द्र मोदी, राहुल गान्धीजस्ता नेताले दिए श्रद्धाञ्जलि



Spread the love

एजेन्सी । बलिउडका महान हस्ती इरफान खानको बुधबार निधन भएको छ । विगत दुई वर्षदेखि रोगसँग लडिरहेका इरफान खानको बुधबार मुम्बइको एक अस्पतालमा निधन भएको हो । उनको निधनमा बलिउड शोकमा डुबेको छ । इरफानलाई नरेन्द्र मोदी, राहुल गान्धी, अमित शाहजस्ता नेताहरुले श्रद्धाञ्जलि दिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले इरफानको निधनमा ट्विट गर्दै भने, “इरफानको निधनले सिनेमा र थिएटर जगतलाई ठुलो क्षति भएको छ । फरक फरक माध्यमबाट उनको सानदार कामको लागि उनलाई याद गरिनेछ । उनको परिवार, साथी र उनलाई चाहनेहरुप्रति सान्त्वना मिलोस् । भगवानले उनको आत्मालाई शान्ति दिउन् ।”

कांग्रेसका नेता राहुल गान्धीले पनि ट्विट गर्दै इरफानलाई श्रद्धाञ्जलि दिएका छन् । गान्धीले ट्विट गर्दै भने, “इरफान खानको निधनको खबरले मलाइ निकै दुख लागेको छ । उनी एक उत्कृष्ट कलाकार थिए । विश्वस्तरमा उनी भारतका ब्राण्ड एम्बेसडर थिए । उनलाई सधैं याद राखिनेछ ।”

यसै गरी केन्द्रीय गृहमन्त्री अमित शाहले पनि ट्विट गर्दै श्रद्धाञ्जलि दिएका छन् ।

अमित शाहले ट्विटमा लेखेका छन् , “इरफान खानको निधनले निकै दुख लागेको छ । उनी एक उत्कृष्टअभिनेता थिए । उनको कलाले विश्वभर उनको ख्याति बढायो । उनी भारतीय चलचित्र उद्दोगका महत्वपूर्ण हिस्सा थिए । उनको निधनसँगै देशले एक उत्कृष्ट अभिनेता गुमाएको छ ।”

भारतका राष्ट्रपति रामनाथ कोविन्दले पनि इरफानलाई विख्यात कलाकारको असमायिक निधनले गहिरो दुख लागेको बताउँदै श्रद्धाञ्जलि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्