Logo

लकडाउनको प्रत्यक्ष असर महिलामा – अत्यधिक मात्रामा अनिच्छित गर्भधारणमा वृद्धि हुने



Spread the love
file

काठमाडौँ । विश्वव्यापि रुपमा कोरोना फैलिरहदा धेरै महिलाहरुको अत्यधिक मात्रामा अनिच्छित गर्भधारणमा वृद्धि हुने राष्ट्र सङ्घीय जनसङ्ख्या कोषले जनाएको छ।

मंगलबार यूएनएफपिएले नयाँ प्रतिवेदन सार्बजनिक गर्दै महिलाले परिवार नियोजनमासमेत असमर्थ हुने जनाउँदै अगामी महिनामा लैङ्गिक हिंसाको मारमा पर्नसक्ने देखाएको छ।

कोरोनाको जोखिमका प्रभाव महिला तथा किशोरीहरुमा धेरै पर्ने हुदा उनीहरुको सिङ्गो स्वास्थ्य प्रणालीमा समेत ठूलो भार पर्न सक्ने प्रतिवेदनले औंल्याएको छ। ‘कोभिड -१९ का कारण विश्वव्यापी आपूर्ति व्यवस्थामा आएको अवरोधले महत्वपूर्ण गर्भ निरोधकका साधनको अभाव हुन सक्छ’, यूएनएफपीएले भनेको छ, ‘महिलाहरु घरमै बस्‍ने हुनाले लैङ्गिक हिंसा बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्