Logo

अपार्टमेन्टमा आगलागी, क्यानाडाका प्रधानमन्त्रीकी आमा अस्पताल भर्ना



Spread the love

१७ वैशाख, क्यानडा – क्यानाडाका प्रधानमनत्री जस्टिन ट्रुडोकी आमा मार्गरेट ट्रुडो मोन्ट्रियलस्थित एक अपार्टमेन्टमा लागेको आगलागीका कारण विरामी परेपछि उहाँलाई स्थानीय समय अनुसार सोमबार राति अस्पताल लगिएको स्थानीय सञ्चारमाध्यम तथा अन्य स्रोतहरूले बताएका छन् ।

विपद् व्यवस्थापन अधिकारीहरूले एएफपीलाई आगलागीपछि एक व्यक्तिलाई अस्पताल पठाइएको बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमले मोन्ट्रियलस्थित पूर्व प्रधानमन्त्री पिएरे ट्रुडोकी पत्नी मार्गरेटको आवास रहेको अपार्टमेन्टमा आगो निभाउन कैयौँ दमकल, अग्ला–अग्ला भर्याङको प्रयोग गरेका तस्बीरहरू मङ्गलबार विहानै सार्वजनिक गरेका छन् ।

भवनको पाँचौ तलाबाट आगलागी भएको आगो निभाउँनका लागि करिब ७० जना अग्नी नियन्त्रकसहित दमकलहरू त्यहाँ पुगेका थिए । आगलागी नियन्त्रणमा आइसकेको बताइएको छ ।

प्रधानमन्त्रीको कार्यालयमा प्रतिक्रियाका लागि सञ्चारमाध्यमले गरेको सम्पर्कमा तत्काल कुनै प्रतिक्रिया दिइएन ।

मार्गरेट आगलागीपछि निस्किएको धुवाँको मुस्लोका कारण स्वासप्रस्वासमा समस्या भएको र जलेर बनेका घाउहरूको उपचारका लागि अस्पतालमा भर्ना भएकोे रेडियो–क्यानडाले बताएको छ ।

आगलागीका कारण अपार्टमेन्टका तीनजना परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्