Logo

खुल्न थाले शंघाई शहरका स्कूलहरु



Spread the love

एजेन्सी। चीनको शंघाई शहरमा विद्यालयहरु खुल्न थालेको छ । शंघाईमा हाई स्कूल र मेडिकल स्कूलको अन्तिम वर्षका विद्यार्थीहरु विद्यालय जान थालेका छन् ।

चीनका अन्य शहरमा पनि केही हप्ता अघि देखि नै स्कूल खोलिएका छन् । ऊहान जहाँबाट कोरोनाभाइरसको संक्रमण सुरुवात भएको थियो, त्यहाँ ६ मेदेखि स्कूल खोलिँदै छन् ।

चीनको सरकारले कोरोनाको संक्रमणमाथि निकै हदसम्म नियन्त्रण पाइसकेको दाबी गरेको छ । यद्यपि, अहिले पनि स्कूल जाने विद्यार्थीहरुलाई मास्क लगाउन र दुरी बनाएर बस्न अनिवार्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्