Logo

पाकिस्तानका पूर्वप्रधानमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी



Spread the love

एजेन्सी । पाकिस्तानको नेशनल एकाउन्टेबिलिटि ब्यूरोले पूर्व प्रधानमन्त्री नवाज शरिफविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । ३४ वर्षअघिको जग्गा किनबेच मामिलामा शरिफलाई पक्राउ गर्न पूर्जी जारी गरेको एएनआईले जनाएको हो।

मिर शकीलुर रहमानसँग सम्बन्धित मुद्दामा शरिफलाई बयान दिन अदालतमा उपस्थित हुन दिएको निर्देशन पालना नगरेको ब्यूरोले ठहर गरेको छ । शरिफ पञ्जाब प्रान्तका मुख्यमन्त्री हुँदा उक्त जग्गा सन् १९८६ मा अवैधानिक रुपमा लिजमा दिएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्