Logo

प्रधानमन्त्रीको आलोचना गर्दा रेडियो नेपालले डिलिट गर्‍यो बाबुरामको अन्तर्वार्ता



Spread the love

१५ वैशाख, काठमाडौं । रेडियो नेपालले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अन्तर्वार्तालाई हटाएको छ। जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई असभ्य भाषा प्रयोग गरेको भन्दै सोमबार विहानको अन्तरसंवादको अंक रेडियो नेपालले हटाएको हो।

विहान ६:३० बजे प्रत्यक्ष प्रशारण भएको उक्त कार्यक्रममा भट्टराईले प्रधानमन्त्रीलाई लक्षित गर्दै प्रयोग गरिएका भाषामा रेडियो नेपालले दु:ख व्यक्त गर्दै बिज्ञप्ति जारी गरेको छ। जनतालाई रेडियो नेपालबाट अशिष्ट शब्द सुनाउन नहुने भएकोले आफूले विज्ञप्ति निकालेरै क्षमा मागेको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्