Logo

बेलायतमा सन् २०२१ को अन्त्यसम्म १ लाखभन्दा बढीको मृत्यु हुन सक्ने अनुमान



Spread the love

एजेन्सी । सन् २०२० को अन्त्यसम्म बेलायतमा १ लाखभन्दा बढीको मृत्यु हुन सक्ने अनुमान गरिएको छ ।

एक लाखभन्दा बढी संक्रमित भेटिने ...

प्रस्तुत अनुमान इम्पेरियल कलेज लण्डनका वैज्ञानिकहरुको एक शोधको माध्यमबाट गरिएको हो । यस्तो खालको घटना घट्न सक्ने अनुमान लगाइएको छ । शोधकर्ताहरुले यस्तो खालको परिस्थितिको मुल्यांकन गरेका छन् कि जसमा कमजोर मानिसबाहेक सबैलाई लकडाउनबाट छुट दिईनेछ ।

केवल बुढाबुढी र जसमा समस्या छ उसलाई मात्र सुरक्षित राखिनेछ । इम्पेरियल कलेजका प्रोफेसर नील फर्ग्युसनका अनुसार संक्रमणको खतरा यस पृथ्वीमा ८० प्रतिशतले कम भए पनि १ लाख मानिसको ज्यान जानेछ । यस मौकामा ध्यान दिनुपर्ने कुरा यो हो कि बेलायत सराकारले लकडाउन खुकुलो बनाउने तर्फ कुनै पनि संकेत दिएको छैन ।

तर यो शोध अझै जारी भएको छैन । अबको केही दिनमै जारी हुनेछ । शोधबाट भाइरसको खतरा बारेमा पनि नयाँ कुरा पत्ता लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्