Logo

यादवलाई अपहरण गरेको भन्दै सर्वेन्द्र खनाल, बस्नेत र श्रेष्ठ्विरुद्ध प्रहरीमा जाहेरी दिँदै



Spread the love

काठमाडौँ । सांसद सुरेन्द्र यादवलाई बुधबार राति महोत्तरीबाट उठाएर ल्याएको भन्दै समाजवादी नेपालका नेताहरूले प्रहरीमा जाहेरी दिने भएका छन्।

पूर्वआइजिपी सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले यादवलाई अपहरण गरेको भन्दै प्रहरीमा जाहेरी दिन लागिएको स्रोतले बताएको छ।

समाजवादीलगायत विपक्षी दलका नेताहरूले यो घटनालाई अपहरण भनी दाबी गरिरहेका छन्। घटनामा संलग्नहरूले भने सांसद यादव स्वेच्छाले काठमाडौं आएकाले आफूहरूमाथि झूटो आरोप लगाउन नहुने भन्दै प्रतिवाद गरेका छन्।

प्रतिक्रिया दिनुहोस्