Logo

नेपालमा कोरोनाको आरडीटी पोजेटिभ देखिएकी एक युवतीको मृत्यु



Spread the love

१४ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी २३ वर्षीया युवतीको ज्यान गएको छ । वीरगञ्ज १० अशोक बाटिका बस्ने क्यान्सर पीडित युवतीको आइतबार बिहान मृत्यु भएको हो।

उपचारका क्रममा नारायणी अस्पतालमा लैजाँदै गरेको अवस्थामा उनको मृत्यु भएको नारायणी अस्पतालले जनाएका छ। उनको शव अहिले नारायणी अस्पतालमा राखिएको छ भने थ्रोट स्वाब संकलन गरी हेटौंडा पठाइएको छ। त्यसकाे रिपाेर्ट आउन बाँकी छ।

अस्पतालमा जाँचपछि ब्लड क्यान्सर भएको प्रमाणित गर्दै प्रारम्भिक उपचारपछि चैत ९ गते डिस्चार्ज गरिएको थियो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेबाट लकडाउन गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्