Logo

कोरोनाको महामारी पूर्ण रुपमा सकिएपछि क्रिकेट सुरु गर्नु पर्दछ- युवराज सिंह



Spread the love

१३ वैशाख, एजेन्सी । भारतका पूर्व क्रिकेट खेलाडी युवराज सिंहले कोरोनाको महामारी पूर्ण रुपमा सकिएपछि क्रिकेट सुरु हुनुपर्ने बताएका छन् । उनका अनुसार खेलाडीको सुरक्षा खेल प्रशासनको लागि सबैभन्दा माथि हुनु पर्दछ ।

अहिले विश्वका हर खेलहरु रोकिएका छन् । चाहे फुटबल होस् या चाहे क्रिकेट होस् या चाहे हक्की नै किन नहोस् । भाइरसबाट खेलकुद अछुत रहन सकेको छैन ।

युवराज सिंहले भने,” मेरो व्यक्तिगत रुपमा सुझाव छ कि पहिला देश र विश्वलाई भाइरसबाट बचाऔँ । भाइरस पूर्ण रुपमा सकिएपछि मात्र खेल सुरु गर्नु पर्दछ । खेलाडीको स्वास्थ्यलाई खेल प्रशासनले माथि राख्नु पर्दछ । खेलाडी कुनै देश अथवा क्लबको लागि खेलोस् उसमा धेरै दबाब हुन्छ । कोरोना भाइरसको डरमा खेलाडी खेल्न सक्दैन । खेलाडीलाई खेलमा मात्र ध्यान लगाउनु पर्दछ ।”

भारतमा कोरोनाको कारणले गर्दा आईपीएल स्थगित गरिएको थियो । यो सालमा आईपीएल हुने अथवा नहुने यस विषयमा तत्काल बताउन संकिदैन । कसै कसैले यो साल आईपीएलको आयोजना नहुने पनि बताएका छन् ।

भारतमा कोरोनाबाट २૪ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ७७५ जनाको ज्यान गइसकेको छ । यसै गरी निको भइ घर जानेहरुको सङ्ख्या ५०६३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्