Logo

एटीएमबाट पनि कोरोना सर्दछ, कसरी सावधानी अपनाउने ?



Spread the love

काठमाण्डौँ । कोरोना भाइरसविश्वभरी फैलिएको छ र यसबाट तिव्र गतिले मानिसहरु संक्रमित भईरहेका छन् । एटीएमबाट पनि कोरोना संक्रमित हुन्छ । भारतको गुजरातमा एटीएमबाट तीन जनामा कोरोना संक्रमण भएको छ । यद्दपि नेपालमा भने एटीएमबाट कोही पनि प्रभावित भएका छन् । संक्रमित भएका छैनन् भनी लापरवाही गर्नु हुँदैन ।

एटीएमबाट पैसा निकाल्दा कसरी सावधानी अपनाउने ?

घरबाट बाहिर निस्किंदा आफ्नो साथमा स्यानिटाइजर राख्नु पर्दछ । यदि तपाईंले कुनै सतहलाई छुनु भयो भने तुरुन्त स्यानिटाइजरले हात सफा गर्नुहोस् ।

एटीएम रुममा यदि कोही पहिला नै आईसकेको छ भने भित्र नजानुहोस् । जबसम्म उक्त व्यक्ति पैसा ननिकाली बाहिर आउँदैन तबसम्म तपाईं बाहिर नै कुरेर बस्नुहोस् ।

घरबाट बाहिर निस्किने बेलामा आफ्नो साथमा वेट टिस्यु पेपेर लिएर हिँड्ने । एटीएम लाइनमा उभिएको बेलामा आफ्नो अनुहार, नाक र मुखलाई नछोईकन बस्ने । लाइनमा मानिसहरुबीच एक मिटरको दुरी राख्ने । एटीएम च्याम्बरमा केही पनि नछुने । यदि छोइयो भने स्यानिटाइजरले तुरुन्तै हात सफा गर्ने ।

एटीएम लाइनमा उभिरहेको बेलामा यदि कोही चिनेको मान्छे भेटिएको खण्डमा हात मिलाउनुको साटो नमस्कार गर्ने ।

यदि तपाईंलाई रुघा खोकी लागेको छ भने बाहिर ननिस्किनु होस् । यदि एटीएम रुममा भएको अवस्थामा हाछ्युँ आयो भने मुख कुम अथवा टिस्यु पेपरले ढाक्ने ।

प्रयोग गरेको टिस्यु पेपर र पैसाको विवरण भएको कागज डक्टबिनमा नफालौँ । यसो गर्दा संक्रमण फैकिन सक्दछ ।

यो समय पूर्ण रुपमा डिजिटल हुनु राम्रो हुन्छ । सम्भव भएसम्म सबै कुरा अनलाइनमा गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्