Logo

फुटबलमा भीएआर स्थगित हुने



Spread the love

११ वैशाख, एजेन्सी – युरोपियन फुटबल प्रतियोगितामा भिडियो असिस्टेन्ट रेफ्री प्रणाली केही समयका लागि स्थगित हुन सक्ने भएको छ । कोरोना भाइरसको संकटपछि फुटबल पुनः सुचारू हुँदा भीएआर स्थगित हुनसक्ने बताइएको छ ।

आरएमसी रिपोर्टमा बताए अनुसार भीएआर प्रविधिमा फुटबल मैदानमा हुने निर्णयलाई एउटै कोठामा धेरैजना रेफ्रीहरूले भिडियो मार्फत हेर्दा सामाजिक दुरी कायम नहुने भन्दै केही समयका लागि सो प्रविधि स्थगित हुने सम्भावना रहेको छ ।

बिहीबार हुने युरोपियन फुटबल संघको बैठकले भीएआरको प्रयोगको बारेका थप निर्णय गर्ने बताइएको छ भने यस सिजन बाँकी रहेका युरोपेली प्रतियोगितामा यो प्रविधि प्रयोग गर्ने की नगर्नेमा पनि अन्याैलता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्