Logo

विश्व पृथ्वी दिवस के हो ? विश्व पृथ्वी दिवसको दिन गुगलले के ल्याएको छ ?



Spread the love

काठमाण्डौं। के तपाईंलाई थाहा छ विश्व पृथ्वी दिवसको सुरुवात कसरी भएको थियो ? सर्वप्रथम पृथ्वी दिवस सन् १९७० को अप्रिल २२ मा मनाइएको थियो ।

विश्व पृथ्वी दिवस | Hamro Patro

पृथ्वी दिवसको सुरुवात गर्नुको कारण प्रकृतिको रक्षामा मानव जातिको भूमिकाबारेमा जागरुकता बढाउनु हो । सन् १९७० को अप्रिल २२ मा २ करोड अमेरिकन मानिस सडकमा उत्रिएका थिए र पृथ्वीको पर्यावरण बचाउनको लागि आन्दोलन गरेका थिए । विश्व पृथ्वी दिवस १९३ देशले मनाउने गर्दछन् । अहिले यो कुरामा विश्वास गर्न गाह्रो हुन्छ कि त्यो बेलामा धेरै मानिसलाई पर्यावरणको गम्भीर मुद्दा जस्तै वायू प्रदुषण र किटनाशक औषधिदेखि लिएर जंगलको नोक्सानबारेमा केही थाहा थिएन ।

पृथ्वी दिवसको दिन विभिन्न ठाउँमा पृथ्वी बचाउ सम्बन्धि कार्यक्रम, गोष्ठी, सेमिनार गरिन्छ । मानव जातिको विकाससँगै प्रकृतिको नोक्सान पनि उत्तिकै भएको छ । कार्बनडाइअक्साइडको मात्रा बढ्दै छ जसले गर्दा विभिन्न किसिमका समस्याहरु देखा परिरहेको छ । यस बारेमा हामी सबै सचेत हुनु आवश्यक छ । पृथ्वी रहे हामी रहन्छौँ भन्ने कुरालाई मनन गर्दै पृथ्वी बचाउन सबैजना हातेमालो गर्नु पर्दछ ।

विश्व पृथ्वी दिवसको दिन गुगलले के ल्याएको छ ? गुगलले पृथ्वी दिवसको पचासौँ सालको अवसरमा खास डुडल बनाएको छ । पृथ्वी दिवसको पचासौँ साललाई सेलिब्रेट गरेको छ । विश्व पृथ्वी दिवसको अवसरमा गुगलले डुडलको माध्यमबाट एउटा भिडियो सन्देश दिएको छ । गुगलले यो बताउन कोसिस गरेको छ कि धर्तिमा हुने सबै साना-साना जीवको आफ्नो महत्व हुन्छ । डुडलको भिडियो हरियो रङको रहेको छ । गुगलले आफ्नो नाममा परिवर्तन गर्दै बीचमा मौरीलाई राखेको छ । यस भिडियोमा डुडलले बताएको छ कि मौरीले पृथ्वीमा हरियाली ल्याउने काम गर्दछ ।

प्रतिक्रिया दिनुहोस्