Logo

२ सय ५० परिवारलाई युवा व्यवसायी शेर्पाद्वारा राहत वितरण



Spread the love

९ वैशाख, काठमाडाैँ – लकडाउनका कारण जनजिवन अस्तव्यस्त भएपछि चाबहिल गणेशस्थानका एक युवा व्यवसायीले २ सय ५० दैनिक ज्यादालारीका मजदुर परीवारलाई राहत वितरण गरेका छन् ।


चावहिल ओम हस्पिटल छेउमा अतिथी गेस्ट हाउस सञ्चालन गर्दै आएका व्यवसायी अनिल शेर्पाले मंगलबार राजधानीका विभिन्न स्थानमा रहि दैनिक ज्यालादारीमा जिवनयापन गरिरहेका २ सय ५० परीवारलाई चामल, दाल, नुन, तेल वितरण गरेका हुन् ।

यसअघि सडकमा रहेका कुकुर तथा पशुपति क्षेत्रका बाँदरहरुलाई समेत दैनिक खाना खुवाउँदै आएका उनले आफ्नै खर्चमा अढाई सय परीवारलाई ८ केजी चामल, १ केजी भन्दा बढि दाल, १ प्याकेट नुन तथा चिउरा समेत वितरण गरे । आज मध्यान्ह स्थानीय काठमाडौं महानगरपालिका वडा नं. ७ को समन्वयमा फारम भरेरै दैनिक ज्यालादारीका परीवारलाई राहत वितरण गरेका हुन् ।

उक्त क्षेत्रमा आज राहत वितरण गर्ने थाहा पाएपछि राजधानीका विभिन्न क्षेत्रबाट सयौंको संख्यामा कमजोर आर्थिक अवस्था भएका परीवारहरु आएका थिए ।

साथै शेर्पाले विश्व नै लकडाउनको परिस्थितिमा रहेकोले यो बेला सबैले आ–आफ्नो क्षेत्रबाट समाजमा रहेका गरिब, कमजोर आर्थिक अवस्था भएका दैनिक ज्यालादारी गरेर खानेलाई संरक्षण गर्नुपर्ने बताए ।

एक महिनादेखि जारी लकडाउनले राजधानीको जनजिवन अस्तव्यस्त भएको अवस्थामा उनले सामाजिक प्राणी कुकुरलाई पनि दैनिक खाना खुवाइरहेका छन् । विगत १० दिन यता उनले स्थानीय कुकुर तथा पशुपति क्षेत्रका बाँदरलाई खाना खुवाएर पुण्यको काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्