Logo

कोरोनाको भ्याक्सिन कहिले बन्ला ? के भन्छन् डाक्टर पीटर कोलचिन्स्की ?



Spread the love

९ वैशाख, एजेन्सी । चीनबाट सुरु भई विश्वभर फैलिएको कोरोना भाइरसले सबैलाई आक्रान्त पारेको छ । कोरोनाबाट विश्वभर गरी १ लाख ७० हजारभन्दा बढीको ज्यान गईसकेको छ भने करिब २५ लाख संक्रमित भएका छन् । कोरोनाको औषधि भेटिएको छैन । यसबाट बच्न सामाजिक दुरी कायम गर्नुका साथै सरसफाइमा ध्यान दिनु पर्दछ ।

विभिन्न देशका करिब १०० विज्ञ टिम भ्याक्सिन बनाउन लागि परिरहेका छन् । तर भ्याक्सिन सजिलै नबन्ने धेरैको दाबा रहेको छ । कसैले ६ महिनामा बन्ने भनेका छन् त कसैले करिब एकदेखि डेढ वर्ष लाग्ने बताएका छन् ।

भ्याक्सिन बारेमा अमेरिकन डाक्टर पिटर कोलचिन्स्की के भन्छन् त ?

पिटरका अनुसार वैज्ञानिकहरु भ्याक्सिन बनाउन दिनरात लागि परेका छन् । पिटरलाई आशा छ कि यो सालको अन्त्यसम्म कुनै विज्ञले भ्याक्सिन बनाउने छन् । तर भ्याक्सिन बनेर मात्र हुँदैन । यसको उपलब्धतालाई लिएर चुनौती पनि अवश्य हुनेछ ।

कोलचिन्स्की भन्छन् ,’ मलाइ आशा लाग्दछ कि आउँदो सालको पहिलो तीन महिनाभित्र भ्याक्सिनको पर्याप्त उत्पादन हुनेछ । भ्याक्सिन बनेपछि सर्वप्रथम शहर, स्कुल, अस्पताल र अरु ठाउँमा काम गर्नु पर्दछ जहाँ महामारीले बढी प्रभाव पारेको छ ।’

पिटरका अनुसार वैज्ञानिकहरु भाइरसको कमजोरी खोज्नमा व्यस्त छन् । भाइरसलाई लिएर सुरुवाती चरणमा वैज्ञानिकहरुलाई अनुभव थिएन तर अहिले धेरै कुरा बुझिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्