Logo

ज्याक माले दियो डब्ल्यूएचओलाई १० करोड बढी मास्क र लाखौं टेस्टिङ किट



Spread the love

एजेन्सी। कोरोनाभाइरसको संकटबाट बाहिर आउनको लागि विश्व स्वास्थ्य संगठनलाई चिनियाँ व्यावसायी ज्याक माले १० करोड मास्क, १० लाख एन–९५ मास्क र १० लाख टेस्टिङ किट सहयोग गरेका छन् ।

ज्याक माले आफ्नो ट्वीटर ह्यान्डलबाट, ‘यी वस्तु उनीहरुलाई दिइनेछ जसलाई यसको सबैभन्दा धेरै आवश्यकता छ । हामी सबैले एकजुट भएर र आत्मविश्वासका साथ यो अन्तर्राष्ट्रिय चुनौतीसँग तीब्र रुपमा लड्नुपर्छ’, लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्