Logo

कोरोना भाइरसको भ्याक्सिन बनाउँन चीनले तथ्याङ्क लुकायो



Spread the love

९ वैशाख, एजेन्सी – कोरोना भाइरसको उत्पत्ति भएको मुलुक चीनले कोरोना भाइरसबारे तथ्याङ्क लुकाएको आरोप लागेको छ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार पिटर नभारोले चीनमाथी कोरोनाबारे वास्तविक तथ्याङ्क लुकाएको आरोप लगाएका हुन् ।

सल्लाहकार पिटरले चीनले कोरोना भाइरसको भ्याक्सिन पत्ता लगाउनका लागि वास्तविक तथ्याङ्क लुकाएर अघि बढेको बताएको अभिव्यक्ति दिएका छन् ।

पिटरले चीनले भ्याक्सिन बनाएर विश्वभर बेच्नका लागि तथ्य लुकाएको र माथि उठिसकेको भन्ने भान दिनका लागि सानो आँकडा प्रस्तुत गरेको समेत बताएका छन् ।

गत वर्षको डिसेम्बरबाट सुरू भएको कोरोना भाइरसले अमेरीकालाई शिथिल बनाउँदै लगेको छ भने चीन यो भाइसरको प्रकोपबाट माथि उठिसकेको छ ।

अमेरीकामा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ९२ हजार भन्दा बढी भइसकेको छ भने ४२ हजार भन्दा बढीको ज्यान सकेत गइसकेको छ ।

चीनमा ८२ हजार ७ सय ४७ जना कोरोना संक्रमित भएका थिए भने ४ हजार ६ सय ३२जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्