Logo

अहोरात्र खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कट्टा नगर्न



Spread the love

८ वैशाख, काठमाडौँ । कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा सरकारले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले अहोरात्र खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब काटेर कोषमा नराख्ने निर्णय गरेको हो ।

प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि माथिका प्रहरीको तीन देखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्