Logo

नेपालमा एकैदिन २ जना कोरोनामुक्त



Spread the love

६ वैशाख, काठमाडाैँ – नेपालमा थप २ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । शनिबार २ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

नेपालमा काठमाडाैँ र बाग्लुङका २ जना कोरोना संक्रमित कोरोना मुक्त भएको सम्बन्धित अस्पताले बताएका छन् ।

काठमाडाैकी कोरोना भाइरसबाट संक्रमित १९ वर्षीया प्रसिद्धि श्रेष्ठ शनिबार नै अस्पतालबाट डिस्चार्ज भएर घर गएकी छिन् भने बाग्लुङकी ६५ वर्षिया महिलालाई चाँडै डिस्चार्ज गरीने धाैलागिरी अञ्चल अस्पताले जानकारी दिएको छ ।

कोरोना संक्रमित २ जना नै चैत्र ४ गते कतार एयरवेजको फ्लाइटमा नेपाल आएका थिए । काठमाडाैँकी युवती फ्रान्सबाट नेपाल आएकी हुन् भने बाग्लुङकी महिला बेल्जियमबाट नेपाल आएकी थिइन् ।

उनीहरू चैत्र ९ गते र १७ गते कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना भएका थिए ।

आज कोरोना भाइरस मुक्त भएका २ जना सहित नेपालमा ३ जनाको कोरोना भाइरसको सफल उपचार भएको छ ।

प्रतिक्रिया दिनुहोस्